back
NMB ad

स्थानीय तहको बजेट ८० % निक्षेपमा गणना गर्न पाइने, बैकिङ प्रणालीमा ११७ अर्ब तरलता थपिने

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तिय सस्थाहरुले स्थनीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको अभाव हुदा समग्र अर्थव्यवस्थामा नै समस्या पर्ने भन्दै तरलता बृद्धि गर्नका लागि सरकारले निक्षेपमा राख्न मिल्ने रकमको सिमा बृद्धि गरी ८० पुर्याएको हो ।

गत पुस २ गते मन्त्रीस्तरीय निर्णयबाट यस्तो निर्णय गरेको हो । यसअघि संघिय सरकारबाट स्थानीय तहमा जाने कुल बजेटको ५० प्रतिशत रकम मात्र निक्षेपको रुपमा गणना गर्न पाइने व्यवस्था थियो । तर तरलता संकट चुलिदै गएपछि बैंकहरुले यस्तो व्यवस्थालाई शत प्रतिशत पुर्याउन सरकारसमक्ष लविङ गरेका थिए । सो व्यवस्थाले तरलताको अभावमा छटपट्टिरहेका बैंक तथा वित्तिय संस्थाहरुलाई केही राहत पुग्ने छ ।

बर्षमा स्थानीय तहमा चार प्रकारको अनुदान गरी जम्मा ३ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ बजेट जाने गरेको छ । अव यसको ८० प्रतिशत अर्थात् ३ खर्ब १० अर्ब ६४ करोड रुपैयाँ बैंकहरुले निक्षेपका रुपमा राख्न पाउने छन् ।

यसअघि ५० प्रतिशत रकम मात्र निक्षेपको रुपमा राख्न पाइने व्यवस्था हुदा बैंकहरुले एक खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ निक्षेपको रुपमा राख्ने गरेको थिए । सरकारको यो निर्णयले बाणिज्य बैंकहरुमा १ खर्ब १६ अर्ब ९९ करोड रुपैयाँ निक्षेपको रुपमा थपिने छ । यसमा सिडि रेसियो ९० प्रतिशत मेन्टेन गर्ने हो भने कम्तीमा एक खर्ब ५ अर्ब २९ करोड रुपैयाँ कर्जाको रुपमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्न सक्छन् ।

अर्थमन्त्रालयले यो सुविधा भने चालु आर्थिक बर्षको अन्त्य (२०७९ असार मसान्त) सम्मको लागि मात्र यस्तो व्यवस्था गरेको हो । अर्थमन्त्रालयका अनुसार सो रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेछ ।

 

वि.सं.२०७८ पुस ५ सोमवार १६:४० मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...