back
NMB ad

दुई वाणिज्य बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । दुई वाणिज्य बैंकसहित विभिन्न चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

उक्त दिन नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यी चारवटै कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएका छन् । त्यसकारण आजसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यी चारवटै कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् ।

जसमध्ये नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बंकले पुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै एनएमबि बैंकले गत आवको मुनाफबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २२ गते बोलाएको छ ।

त्यसैगरि छिमेक लघुवित्त वित्तीय संस्थाले पनि २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते सभा डाकेको छ ।

यता, गणपति लघुवित्तले गत आवको मुनाफाबाट सेयधरनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा गर्ने भएको छ ।

वि.सं.२०७८ पुस ६ मंगलवार १०:३८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...