back
NMB ad

बीमा समितिका अध्यक्ष सिलवाल सहित आधा दर्जन व्यक्तिविरुद्ध किर्तेको अभियोगमा अख्तियारमा उजुरी

Kumari bank ad

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहित आधा दर्जन व्यक्तिहरुविरुद्ध किर्तेको अभियोगमा कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बको व्यवसाय दिने गरी यही मंसिर ९ गते गरिएको निर्णय किर्ते भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

उजुरीकर्ताले बीमा समितिको सञ्चालक समितिको बैठकमा किर्ते गरिएको तथा सञ्चालक समितिले निर्णय गरेको भन्दा फरक निर्देशन जारी गरी उक्त व्यावसाय दिन लागेको उल्लेख छ ।

बीमा समितिले गत मंसिर ९ गते नेपालमा सञ्चालित बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गनुपर्ने निर्णय गरेको थियो । सोही निर्णय समितिले २१ दिनको समय दिएर वैशाख १६ गते नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । उक्त समयभित्र हिमालयनका साथै अन्नपूर्ण रि, काठमाडौं रि, प्रडुन्सियल रि र जेन्युन रिले पनि प्रस्ताव पेश गरेका थिए ।

तर समितिले हिमालयन रिलाई लाइसेन्स दिने निर्णय गर्यो । यो निर्णयसँगै हिमालयन रि विवादमा मुछिदै आएको छ । यतिमात्रै नभई अन्य प्रतिशप्रधि कम्पनीहरु पनि हिमालयन रि भन्दा कम थिएनन्, केही अझ अब्बल थिए । तर अनुमति भने हिमालयनले पायो ।

यसरी विवादित बन्दै आएको हिमालयन रिको लाइसेन्स विरुद्ध गत मंसिर २२ गते दुई जनाले  उजुरी दर्ता गरेका थिए । उक्त उजुरी विरुद्ध मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकमा अध्यक्ष सूर्य प्रसाद सिलवालले किर्ते गरेको आरोपमा कारवाहीको माग गर्दै उजुरी दर्ता भएको हो । बीमा समितिका सञ्चालक कानुन मन्त्रालयका उप सचिव सुशिल कोइराला, समितिका अध्यक्ष  सिलवाल, अर्थमन्त्रालयका उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय महाशाखाका प्रमुख रमेश कुमार केसी, अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीसहितको संलग्नतामा बीमा समितिले किर्ते काम गरेको उजुरीकर्ताको दावी छ ।

यस सम्बन्धमा अर्थमन्त्रालयले समेत छानविन गरिरहेको छ, मन्त्रालयले सिलवाललाई बोलाएर सोधपुछ समेत गरिसकेको छ । यद्यपी यो विषयमाथि दुई साताअघि नै अख्तियारमा मुद्दा परेको छ । सि. ०१८५११ दर्ता नम्वरको उजुरीमाथि छानविन समेत अगाडी बढाइएको छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १२:३७ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...