काठमाडौ । अपर तामाकोशीका लगानीकर्ता मालामाल बनेका छन् । बुधवार कम्पनीको सेयर मूल्यमा उछाल आएसंगै कम्पनीका लगानीकर्ता मालामाल बनेका हुन् ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५९ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ६४९ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १५ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
आज कम्पनीको २ लाख ५१ हजार ९२३ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ पुस ७ बुधवार १६:०० मा प्रकाशित