back
NMB ad

बक्यौता नतिर्ने धुर्मुस सुन्तली फाउण्डेशन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

Kumari bank ad

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । फाउण्डेशनले छ महिनाभन्दा बढी समयदेखि बक्यौता नतिरेको उनले बताए ।

आर्थिक सहायता उपलब्ध हुन छाडेपछि फाउण्डेशन टाट पल्टिएको छ । फाउण्डेशन रंगशाला निर्माणको कामबाट समेत पछि हटेको छ । फाउण्डेशनले ४५ केभीए क्षमता लिएर रंगशाला निर्माणको काम गर्दै आएको थियो । ‘सम्मानित संस्था भएपनि गर्नुपर्ने काम त गर्नुपर्‍यो’, उनले भने ।

भरतपुर वितरण केन्द्रअन्तर्गत सबैभन्दा बढी बक्यौता रहेको माउण्ट एभरेष्ट ब्रुअरीको लाइन पनि बुधबार नै काटिएको हो । ब्रुअरीले चार महिनादेखिको ३७ लाख ४१ हजार ३१७ रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटिएको पौडेलले बताए ।

लाइन काट्नका लागि उद्योग परिसरभित्र जान खोजेका विद्युत्‌का कर्मचारीलाई ब्रुअरीका कर्मचारीले अवरोध गरेका थिए । ‘लाइन काट्न उद्योग परिसरमा प्रवेश गर्न खोज्दा तीन जना चौकीदार खटाएर हामीलाई लखेटियो’, उनले भने, ‘त्यसपछि बाहिरैबाट जम्पर खोलेर आयौँ ।’

भरतपुर वितरण केन्द्रले ६० दिनभित्र बिजुलीले महसुल नतिर्ने ग्राहकको लाइन काट्न पाउँछ । केन्द्रको जम्मा बक्यौता एक करोड १० लाख रुपैयाँ रहेको छ । बक्यौता नतिर्ने मध्येका दुई ठूला ग्राहकको बुधबार लाइन काट्ने काम भएको उनले बताए ।

वि.सं.२०७८ पुस ७ बुधवार १७:२६ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...