काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले पुस २९ गते १३औं वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेका छ ।
कम्पनीले कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सेयर स्वामित्व परिवर्तन गरि संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत बनाउने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभामा अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिनेछ । सभा प्रयोजनका लागि यसले पुस १९ गते बुक क्लोज गर्ने भएके छ ।
वि.सं.२०७८ पुस ८ बिहीवार ११:४० मा प्रकाशित