back
NMB ad

सिटिजन लाइफको सिइओमा पौडेलकै निरन्तरता

Kumari bank ad

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले दोस्रो कार्यकालको लागि पनि निरन्तरता पाउने भएका छन् । पौडेलको पहिलो कार्यकाल यहि पुस मसान्तबाट सकिदैग्र्दा सञ्चालक समितिले ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय गरेसँगै बीमा समितिमा पेश गरेको छ । समितिले स्वीकृति दिए पछि मात्रै उनलाई कम्पनीले आधिकारिक रुपमा कार्यकाल थपको निर्णय गर्नेछ । बीमा समितिले स्विकृति दियोभने उनको दोस्रो कार्यकाल यहि माघ एक गतेदेखि सुरु हुनेछ ।

पौडेल सिटिजनमा २०७४ माघमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका उनले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम लिएका छन् । उनले बैंक, बीमा तथा वित्तीय क्षेत्रमा तीन दशक भन्दा लामो समय विताइसकेका उनले सिटिजनमा आउनु अगाडी नै अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’ मा वित्त प्रमुख राम्रो अनुभव संगालेर आएका थिए ।

पछिल्ला दिनहरुमा बिमा समितिमा कार्यकाल थप गर्न भनि आएका प्रायः सहजै स्विकृत भएको ट्रेन र पौडेललको पहिलो कार्यकालको उपलब्धि मुल्यांकन गर्दा समितिबाट उनले अर्काे कार्यकाललाई निरन्तरता पाउने देखिन्छ ।

वि.सं.२०७८ पुस ८ बिहीवार १४:४४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...