काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले पुस २९ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको हो ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सोही सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:२० मा प्रकाशित