काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो पुस २९ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको हो ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था बनाउने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:३४ मा प्रकाशित