काठमाडौं । शुक्रबार तीन कम्पनीको बोनस सेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले तीन कम्पनीको मूल्य समायोजन गरेको हो ।
नेप्सेले ज्योति विकास बैंक, एनएमबि लघुवित्त वित्तीय संस्था र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
नेप्सेले ज्योति विकास बैंकको ११ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ४०३ रुपैयाँ १५ पैसा तोकेको छ ।
नेप्सले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको सेय मूल्य समायोजन गरेको हो । बिहीबार बैंकको ४४७ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।
यस्तै, नेप्सेले शुक्रबार एनएमबि लघुवित्तको २१.५० प्रतिशतको बोनस सेयरको मूल्य समायोजन गरेको छ ।
समायोजनपछि नेप्सेले कम्पनीको सेयर मूल्य १ हजार ५३ रुपैयाँ ५० पैसा कायम गरेको छ । कम्पनीको बिहीबार १ हजार २८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
त्यसैगरि नेप्सेले सूर्या लाइफको १२.७० प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको छ । समायोजन पछि नेप्सेले कम्पनीको सेयर मूल्य ६३८ रुपैयाँ ८६ पैसा तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबार दिन अर्थात बिहीबार ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:४० मा प्रकाशित