
काठमाडौं । क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले फेस्टिभ अपग्रेड क्याम्प आयोजना गरेको छ ।
‘अपग्रेडका लागि यही समय हो’ मूल नारासहित नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक यूटीएसले उक्त अपग्रेड क्याम्प गर्ने भएको हो ।
बिहीबारदेखि पुस १२ गतेसम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोबाइल्समा चल्ने उक्त क्याम्पमा ग्राहकले जुनसुकै मोडलका कार नयाँ टोयोटा कोरोला क्रस, राइज र अन्य टोयोटाका मोडलसँग साटन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त कार्यक्रमको माध्यमबाट यूटीएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्नेछ ।
अपग्रेड क्याम्पमा युटिएसले शर्तहरु लागू हुनेगरी प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकलाई नगद छुट, पुरानो गाडीको उचित मूल्यांकन, आकर्षक गिफ्ट प्याकेज लगायतका अफरहरु प्रदान गर्नेछ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:१८ मा प्रकाशित