काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार ६९.७७ अंकले घटेको छ । बजार परिसुचक पनि २५२१.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन ५ अर्ब ६० करोड ७४ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । आज बैंकको ३० करोड ६० लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
बैंकको आज २ लाख १ हजार ७६७ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य भने प्रतिकित्ता १ हजार ४९९ रुपैयाँ कायम भएको छ ।
उक्त दिन सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा शिवम सिमेन्ट रहेको छ । आज कम्पनीको २६ करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ७३१ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३९८ रुपैयाँ १० पैसा कायम भएको छ ।
यस्तै, कारोबार रकमकै आधारमा तेस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २४ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
कम्पनीको आज १ लाख ५६ हजार ९९३ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता १ हजार ५४० रुपैयाँ कायम भएको छ ।
त्यसैगरि हिमालयन डिष्टीलरीको पनि आज सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ४१ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
उक्त दिन कम्पनीको ३१ हजार ८३ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ६ हजार ७९९ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ पुस १२ सोमवार १५:३३ मा प्रकाशित