back
NMB ad

सर्लाहीको यी क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

Kumari bank ad

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायतका कार्य भइरहेकाले स्थितिलाई नियन्त्रणमा दिन मंगलबार अपरान्ह ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि ईश्वरपुर नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जानकारी दिएको छ ।

‘२०७८/०९र११ को राति भएको सवारी दुर्घटनासम्बन्धी विषयलाई लिएर यस जिल्लाको ईश्वरपुर नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पतिको तोडफोड, आगजनी लगायत गरिरहेको विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मिति २०७८/९र१३ गते अपरान्ह ३ बजेदेखि मिति २०७८/०९र१४ गते साँझ ७ बजे सम्म देहायका स्थानमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।’

ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म ।

ईलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म ।

वि.सं.२०७८ पुस १३ मंगलवार १६:१७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...