back
NMB ad

४ लाख २० हजार रुपैयाँमै किन्ने होइन त नयाँ इलेक्ट्रिक कार ?

Kumari bank ad

काठमाडौं । अटो होस्ट प्रालिले नयाँ मोडेलको इलेक्ट्रिक कार डेरी एम ७ नेपालमा ल्याएको छ । कम्पनीले डेरी ब्राण्डको इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको हो ।

अटो होस्टले नयाँ परिमार्जन सहित आएको डेरी एम ७ को मूल्य नेपाली बजारमा २१ लाख रुपैयाँ कायम गरिएको छ । यो गाडी किन्न चाहाने ग्राहकहरुले ४ लाख २० हजार डाउन पेमेमेन्ट गरि खरिद गर्न सक्नेछन् ।

यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो हाइब्रिड (सोलार र बिजुली ) गाडी हो । यस कारमा १७ किलोवाट आवरको ब्याट्री र १५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ । यसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्दछ ।

यसमा ३०० वाट क्षमताको सोलार प्यानल छतमा जडान भएको छ । सोलारले पनि दैनिक घाम लागेको स्थानमा राख्ने हो भने ३० किलोमिटर चलाउन पुग्ने ब्याट्री रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई पनि १५७० एम ह्वीलवेस २२९७ एमएमको रहेको छ ।

यसमा हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, इन्ब्यूल्ट रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील लगायतका फिचर रहेको छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १३:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...