back
NMB ad

सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ

Kumari bank ad

विराटनगर। सप्तकोशी डेभलपमेन्ट बैंकको घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नविन सुवेदी पक्राउ परेका छन् । सिइओ सुवेदीलाई बुधबार साझ मोरङ प्रहरीले पक्राउ गरेको छ ।

उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको रेमिटेन्सको १६ करोड रकम हिनामिना गरेको आरोप उनीहहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बताए ।

बैंकबाट गायव रकममध्ये अधिकांश रकम सिइओकै आफन्तको खातामा रहेको पाइएपछि उनलाई प्रहरीले नियनत्रणमा लिएको हो । बैंकको नाफा बापतको १६ करोड रुपैयाँ आफन्तको नाममा बैंककै कर्मचारीले निकालेको खुलेको स्रोतले जनाएको छ ।

विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट -जीएसडी प्रमुख रहेका हिमाल भट्टराई रकम हिनामिना गरेको आरोपमा यस अघिनै पक्राउ परिसकेका छन् ।

नविन सुवेदीकी ठूलो बुवाकी छोरी झापाको गौरादहकी वविता सुवेदीको नाममा १४ करोड रुपैयाँ निकालेको देखिएको थियो भने एक सञ्चालकले जानकारी दिए । सिइओ सुवेदी र पक्राउ परेका भट्टराई मामा–फुपुका छोरा दाजुभाइ हुन् ।

वविताको नाममा रहेका ९९९००००१५००१५ नम्बरको बचत खातामा ५ वर्षदेखि अर्थात् सन् २०१६ देखि २०२१ अगस्त २ सम्ममा १४ करोड रुपैयाँ बढी रकम जम्मा भएको देखिएपछि सुवेदी समेत सकाको घेरामा परेका थिए । सिइओ सुवेदीले भाउजु भगवती सुवेदीको ९९९००००८९२०१ नम्बरको बचत खातामा पनि विभिन्न मितिमा रकम जम्मा गरेको देखिएको थियो ।

सिइओ सुवेदीका साला साजन पोखरेलकी जेठी सासु बानी पोखरेल र बैंकका एचआर प्रमुख परमा काफ्लेको खातामा पनि पैसा जम्मा भएको देखिएको जनाइएको छ ।

बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम हिनामिना भएको सञ्चालक समितिले थाहा भएको थियो । रकम हिनामिना भएको पत्र राष्ट्र बैंकले पठाएपछि सञ्चालक समिति अध्यक्ष निरौलालाई हटाएर डा. अर्जुन बराललाई पुस १ गतेदेखि अध्यक्ष तोकिएको छ ।

प्रहरीले मंसिर १९ गते भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सीईओ सुवेदीले आफैंले जीएसडी प्रमुख भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । नेपाल राष्ट्र बैंक र प्रहरीको सेन्ट्रल इन्भेस्टिगेसन ब्यूरोले पनि अनुसन्धान गरिरहेको बैंकले जनाएको छ ।

विभिन्न निकायले अनुसन्धान गरिरहेको हुँदा अनियमिततामा क–कसको संलग्नता छ भन्ने अनुसन्धान सकिएपछि मात्रै भन्न सकिने बरालले बताए । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष बरालले बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकका १ नम्बर प्रदेशभर ३६ शाखा कार्यालय छन् । न्युज कारखाना

वि.सं.२०७८ पुस १४ बुधवार २०:४० मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...