back
Kumari Bank

भोलि एनएमबि बैंकको साधारण सभा हुँदै, १५.८ प्रतिशत लाभांश पारित गर्ने

Nepal Bank

काठमाडौं । भोलि पुस २२ गते बिहीबार एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा हुँदैछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमध्ये बैंकले सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित, र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुने छ ।

साथै बैंकको प्रबन्धकपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमो सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत संचालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने छ ।

सभा प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज गरिसकेको छ ।

वि.सं.२०७८ पुस २१ बुधवार १४:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

वि.सं.२०८२ असार २१ शनिवार १८:५१

काठमाडौं : नेपालको अग्रणी आर्थिक अनलाइन अर्थतन्त्र डटकमले आफ्नो दशक...

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१४

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१०

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २१ शनिवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...