काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ। शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ । बिहीबार ९३ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार ३२५ रुपैयाँ पुगेको छ । बिहीबार भने १ हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ माघ ७ शुक्रवार १०:५९ मा प्रकाशित