काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आउँदो माघ २१ गते शुक्रबार हुने भएको छ ।
कम्पनीको गत पुस २० गते बसेको संचालक समितिको बैठकले उक्त दिन भिडियो कन्फरेन्स अर्थात भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८(बाह्रौ) वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव तथा सम्वन्धित अनुसूची छलफल गरि पारित गर्नेछ ।
यस्तै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, संचालकहरुको पारिश्रमिक अनुमोदन तथा बैठक भत्ता सिफारिस गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले गत पुुस ९ गते एक दिन बुक क्लोज गरेको छ ।
वि.सं.२०७८ माघ ११ मंगलवार ११:४७ मा प्रकाशित