back
NMB ad

तीन कम्पनीको सर्वाधिक सेयर कारोबार, कुनको कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । बुधवार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३८.४५ अंकले घटेको हो ।

साताको चौथो कारोबार दिन बजार परिसुचक २७७६.६१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ मंगलबार ५ अर्ब बढी कारोबार भएकोमा आज घटेर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ७७ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन कम्पनीको ३ लाख २६ हजार ५१३ कित्ता सेयर खरिदबिक्री भएको नेपला स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५१२ रुपैयाँ कायम भएको छ ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । आज कम्पनीको १३ करोड ५५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

उक्त दिन कम्पनीको २ लाख ७० हजार ७८८ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य भने आज ४९९ रुपैयाँ कायम भएको छ ।

उक्त दिन कारोबार रकमको आधारमा तेस्रो स्थानमा रहेको अपर तामाकोशीको १० करोड ३१ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

आज कम्पनीको १ लाख ४८ हजार १२३ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य भने ६९५ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ माघ १२ बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...