back
NMB ad

घट्यो आरएसडिसी लघुवित्तको नाफा, वितरणयोग्य नाफा ३ करोड ७६ लाख

Kumari bank ad

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा घटेको देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको ६.५६ प्रतिशतले घटेर ४ करोड ८९ लाख १९ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड २३ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ रहेको छ । यो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १८.७८ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा ७ करोड ९४ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद संचालन मुनाफामा भने ३.७८ प्रतिशतले घटेर ८ करोड ९५ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । यो मुनाफा गत वर्षको सोही अवधिमा भने ९ करोड २८ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ७६ लाख ५ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ७ करोड ७७ लाख ६९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले खराब कर्जा पनि घटाएको देखिएको छ । गत वर्षको पुस मसान्तमा ०.६४ प्रतिशत रहेको खराब कर्जा यसवर्षको सोही अवधिमा भने ०.२८ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १३ बिहीवार १३:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...