back
NMB ad

बीमा समितिद्धारा नेपाल लाईफलाई दुई कसुरको कारवाही

योग्यता नपुगेका कयाललाई सहायक महाव्रवन्धकमा नियुक्त, कानुन विपरित विभिन्न १४ वटा समिति तथा उपसमिति गठन

Kumari bank ad

काठमाडौँ । नेपाल लाईफ इन्स्योरेन्सलाई बीमा समितिले कारबाही गर्ने निर्णय गरेको छ ।

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गरेपछि कारबाही गर्ने निर्णय गरेको हो ।

कारवाही स्वरुप नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समितिले दश हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेको पुष्टि भएपछि कारबाही अगाडी बढाएको हो ।

योग्यता नुपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले बताए ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्स कं. लि. का विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कं. लि. लाई दश हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको गरिएको छ ।

वि.सं.२०७८ माघ १४ शुक्रवार १४:०९ मा प्रकाशित

You can share this post!

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...