back
NMB ad

७ लाख ५९ हजार कित्ता सेयर बिक्री गर्दै एनसीसी बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख ५९ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकले संस्थापक सेयरधनी कोषराज बन्तको नाममा रहेको ३ लाख ८ हजार कित्ता, बोध प्रसाद त्रिपाठीको नाममा रहेको १ लाख ८ हजार कित्ता, मेनका लामाको १ लाख ४ हजार १०६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, बैंकले संस्थापक सेयरधनी दिपक लामाको ९५ हजार ७३७ कित्ता, कैलाश पतीन्द्र अमात्यको नाममा रहेको ८७ हजार ३३५ कित्ता, अम्बर बहादुर तामाङको ४१ हजार ४३ कित्ता, गिरीराज शर्मा संग्रौलाको १४ हजार १२१ कित्ता, पवन सिंश भण्डारी १ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

एक सूचना निकाल्दै बैंकले २०७८ पुस २९ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर सहित बिक्री गर्न लागेको जानकारी गराएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक योग्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित सेयर विभागमा लिखित निवेदनसहित सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको उक्त अवधिमा संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि प्रस्ताव नआएको अवस्थामा प्रचलित कानून बमोजिम अन्य खरिदकर्तालाई बिक्री प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ माघ १६ आइतवार १०:१५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...