काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा कम्पनीले २ करोड ४१ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १०.८७ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ करोड ७१ लाख १४ हजार रुपैयाँ नाफा गरेको थियो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ३६ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको संचालन मुनाफा २ करोड ५५ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीको वितरणयोग्य नाफा भने ३ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ४.०४ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ३.६४ प्रतिशत कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ६ करोड ६५ लाख ६१ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५ पैसा रहेको छ ।
वि.सं.२०७८ माघ १६ आइतवार १२:३३ मा प्रकाशित