काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्तव वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
सोमबार कम्पनीको सेयर मूल्य ५.४२ प्रतिशत अर्थात प्रतिकित्ता २४६ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ४ हजार ७८६ रुपैयाँ १० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १७ करोड ७५ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कम्पनीको आज ३७ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७८ माघ १७ सोमवार १५:२९ मा प्रकाशित