काठमाडौं । भोलि अर्थात माघ १९ गते बुधवार सेयर कारोबार बन्द हुने भएको छ । उक्त दिन सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सेयर कारोबार पनि बन्द हुने भएको हो ।
गृह मन्त्रालयले एक सूचना निकाल्दै भोलि देशभर सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । उक्त दिन सरकारले तामाङहरुको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त दिन देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ/संस्थाहरुमा सार्वजनिक बिदा हुनेछ ।
वि.सं.२०७८ माघ १८ मंगलवार १४:४१ मा प्रकाशित