back
NMB ad

किन घट्यो सर्पोट लघुवित्तको नाफा ? यस्ता छन् अन्य सूचकहरु

Kumari bank ad

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले ९९ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३७.३३ प्रतिशतले कमी हो । गतवर्षको सोही अवधिमा कम्पनीले १ करोडठठ ५८ लाख ८ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र संचलान मुनाफामा गिरावट आएसंगै नाफा घटेको हो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ११.८३ प्रतिशतले घटेर ३ करोड ६४ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो आम्दानी ४ करोड १२३ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफामा पनि गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा २ करोड ५० लाख ९२ हजार रुपैयाँ मुनाफा कमाएको कम्पनीको यस वर्षको सोही अवधिमा भने ३७.३३ प्रतिशतले घटेको छ । योसंगै यस वर्षको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा १ करोड ५७ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४ करोड ५ लाख ७४ हजार रुपैयाँ राखेको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खराब कर्जा भने १.१२ प्रतिशतले वृद्धि भई ३.७४ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि २४ रुपैयाँ ८१ पैसाले घटेर २३ रुपैयाँ ९ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १०:३० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...