back
NMB ad

१८ प्रतिशतले बढ्यो सानिमा माई हाइड्रोपावरको नाफा, अन्य सूचकमा पनि सुधार

Kumari bank ad

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १७.९८ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३१ करोड ४८ लाख १८ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ५.४९ प्रतिशतले वृद्धि भई ५७ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी ५४ करोड ६५ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीले ४४ करोड ९० लाख ६८ हजार रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने ७४ करोड २७ लाख २० हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ८१ पैसाले वृद्धि भई १२ रुपैयाँ २ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २५ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १०:५८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...