काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने ९२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ । चाँदी बिहीबार १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ माघ २१ शुक्रवार ११:१९ मा प्रकाशित