back
NMB ad

छुट्ला है दुई कम्पनीको लाभांश: नजिकियो सुरक्षित गर्ने अन्तिम मिति, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मिति नजिकिएको छ । लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल र जानकारी फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकिएको हो ।

यी दुवै कम्पनीहरुले वार्षिक साधरण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २४ गते अर्थात आउँदो आइतबारदेखि बुक क्लोज गर्ने भएका छन् । योसंगै कम्पनीहरुको सभामा भाग लिन र लाभांश पाउनका लागि माघ २३ गतेसम्म सेयरधनी बनीसक्नुपर्नेछ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्नेभएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।

यस्तै, जानकी फाइनान्सले पनि सोमबार अर्थात माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । योसंगै कम्पनीको साधारण सभा भाग लिन र लाभांश पाउनका लागि माघ २३ गतेसम्म सेयरधनी बन्नुपर्नेछ ।

कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १५.०७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमध्ये १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी फागुन ७ गते साधारण सभा बोलाएको छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १७:१६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...