back
NMB ad

८ % बोनससहित किन्ने होइन त एनसीसी बैंकको ७ लाख ५९ हजार कित्ता सेयर ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख ५९ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त संस्थापक सेयर गत माघ १६ गते आइतबारदेखि बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनी कोषराज बन्तको नाममा रहेको ३ लाख ८ हजार कित्ता, बोध प्रसाद त्रिपाठीको नाममा रहेको १ लाख ८ हजार कित्ता, मेनका लामाको १ लाख ४ हजार १०६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, बैंकले संस्थापक सेयरधनी दिपक लामाको ९५ हजार ७३७ कित्ता, कैलाश पतीन्द्र अमात्यको नाममा रहेको ८७ हजार ३३५ कित्ता, अम्बर बहादुर तामाङको ४१ हजार ४३ कित्ता, गिरीराज शर्मा संग्रौलाको १४ हजार १२१ कित्ता, पवन सिंश भण्डारी १ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

बैंकले २०७८ पुस २९ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर सहित बिक्री गर्न लागेको जनाएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक योग्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले आजैका मितिले (माघ १६ गतेदेखि यता) ३५ दिनभित्र बैंकको बागबजार स्थित सेयर विभागमा लिखित निवेदनसहित सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको उक्त अवधिमा संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि प्रस्ताव नआएको अवस्थामा प्रचलित कानून बमोजिम अन्य खरिदकर्तालाई बिक्री प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ माघ २३ आइतवार १५:०७ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...