back
NMB ad

शिक्षामन्त्री पौडेलले भने, ‘अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्दैछ, थप बजेटको लिष्ट दिनुस् ’

Kumari bank ad

बाग्लुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्ने भएकोले थप बजेट माग्नका लागि लिष्ट दिन अह्राएका छन् । आइतबार बागलुङका कार्यालय प्रमुखहरुसँग कुराकानी गर्दै उनले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् ।

उनले भने, “अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।” तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई मन्त्री पौडेल निर्देशन समेत दिए ।

“स्थानीय तहको चुनाव हुनेभएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ । मन्त्री पौडेलले भने, अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस् ।”

गलकोट मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएको भन्दै त्यसको अनुगमन गरी कार्य अघि बढाउन पनि उनले निर्देशन दिए । जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए । आलु, मकै तथा अन्य कृषि सम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउँन आग्रह गरे ।

नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजनाहरु, विद्यालय, मोटरबाटोलगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिए। बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको पनि उनले बताए ।

“बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्य मन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु” मन्त्री पौडेलले भने, “त्यसका लागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिदिनपर्यो ।” बुर्तिबामा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्काल जाने योजना रहेको सुनाए ।

वि.सं.२०७८ माघ २३ आइतवार १५:१४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...