काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ४०.५७ अंकले घटेको हो ।
उक्त दिन बजार परिसुचक २८३६.१७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् । आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ करोड ४७ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ माघ २३ आइतवार १५:२० मा प्रकाशित