back
NMB ad

जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा ५६ प्रतिशतले बढ्यो, हेर्नुस् अन्य सूचकहरु

Kumari bank ad

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा मुनाफा ५० प्रतिशत बढीले बढाउन सफल भएको छ ।

कम्पनीले आज सार्वजनीक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कमाएको नाफामा वृद्धि भएको हो ।

सर्वाजनीक वित्तीय विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुनाफा ५६.२० प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो ६ महिनामा ३ करोड ६४ लाख रुपैयाँ रहेको खुद मुनाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यता कम्पनीको कम्पनीको बक्यौता दावी भुक्तानी पनि ११९.८८ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीले समग्र बीमाको व्यवसाय ३२.८८ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिएको छ । गत आवको यसै अवधीमा ३५ करोड रुपैयाँ रहेको कूल बीमा शुल्क आम्दानी समीक्षा अवधीमा ४६ करोड माथि पुगेको छ ।

कम्पनीको बीमा कोष ५९.३८ प्रतिशतले बृद्धि भई ११ करोड ९२ लाख ४८ हजार पुगेको छ । साथै समग्र कोषको आकार ७६.३६ प्रतिशतले बृद्धि भई २६ करोड १७ लाख ६१ हजार रुपैयाँ संचिती रहेको छ ।

गत आवको पुस मसान्तसम्ममा ४२ हजार ७१५ वटा बीमा पोलिसी कायम राखेको जनरल इन्स्योरेन्स कम्पनीले समीक्षा अवधीमा बीमा पोलिसी संख्या १०.८१ प्रतिशतले घटेर ३८ हजार ९८ वटा बीमा पोलिसीमा झरेको छ ।

त्यस्तै कम्पनीको बक्यौता दावी भुक्तानी गत आवमा २५ करोड ६३ लाख १७ हजार रहेकोमा चालु आवको छ महिनाको अवधीमा दोब्बर भन्दा बढि अर्थात ११९.८८ प्रतिशतले बृद्धि भई ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीको खुद दावी भुक्तानी समेत ११७.१६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा दुई करोड ७६ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले यस आवमा पाँच करोड ९९ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । यसले कम्पनीमा खराव व्यवसाय बृद्धि हुँदै गएको देखिएको छ ।
कम्पनी व्यवस्थापन खर्च १० प्रतिशतले बृद्धि भएको छ ।

 

वि.सं.२०७८ माघ २४ सोमवार ११:४९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...