काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आवको ६ महिनाको अवधिमा कम्पनीले ३ करोड ४६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा १६.७८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २६.९९ प्रतिशतले वृद्धि भई ६ करोड ५२ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी ५ करोड १३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको पुस मसान्तसम्म कम्पनीको संचालन मुनाफा भने ४ करोड २७ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीले १ करोड १६ लाख ८९ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ ।
कम्पनीको चुक्त पुँजी १३ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १६ करोड ८० लाख ९९ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको खराब कर्जा बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा ३.६६ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने वृद्धि भई ३.९५ प्रतिशत पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ २९ पैसा रहेको छ ।
वि.सं.२०७८ माघ २४ सोमवार १२:२६ मा प्रकाशित