back
NMB ad

साढे ८ लाख कित्ता आईपीओ निष्काशन गर्दै राष्ट्र उत्थान लघुवित्त, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । आउँदो फागुन ४ गतेदेखि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन भएको छ ।

कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता सेयरमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । भने बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

उक्त आईपीओ छिटोमा फागुन ८ गते र माग बमोजिम आवेदन नपरेको खण्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कस्तो छ त वित्तीय अवस्था ?

कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा ३ करोड ६८ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १४८.८६ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ४८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ५७.७२ प्रतिशतले वृद्धि भई ११ करोड २२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमो कम्पनीका यो आम्दानी ७ करोड ११ लाख ८० हजार रुपैयाँ मात्र रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा ५ करोड ७३ लाख १७ हजार रुपैयाँ रहेको छ । गतवर्षको पुस मसान्तसम्ममा कम्पनीको यो नाफा २ करोड २७ लाख ३१ हजार रुपैयाँ मात्र रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्म २.५५ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने १.०३ प्रतिशतमा झारेको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १३:५९ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...