back
NMB ad

बीमा कम्पनीहरुका सिइओहरुको तलबमानमा सहजता, नयाँ तथा पुनः नियुक्तिमा खाइपाइ आएकोभन्दा घट्नु नपर्ने

Kumari bank ad

काठमाडौँ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुलाई अब तलब घटेर नयाँ नियुक्ति गर्नुपर्ने बाध्यता हटेको छ ।

बीमा समितिले बीमकका सिईओहरुको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन २०७४ को पहिलो संशोधन गर्दै यस्तो व्यवस्था कायम गरेको हो ।

नयाँ व्यवस्था अनुसार सिईओको पुनः नियुक्ति गर्दा वा नयाँ नियुक्ति गर्दा नियम अनुसार गणना गरिएको निश्चित वार्षिक तलब भत्ता रकम भन्दा कम हुन गएमा कम्पनीहरुले समितिको स्वीकृति लिइ खाइपाइआएको भन्दा नबढाइ सोही बराबरको तलब दिन सक्नेछन् ।

“बीमकले प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्ति गर्दा वा नयाँ नियुक्ति गर्दा यस उपदफा बमोजिम गणना गरिएको निश्चित वार्षिक तलबभत्ता रकम यस अघि प्रदान गरिएको वार्षिक तलब तथा भत्ताभन्दा कम हुन आएमा समितिको स्वीकृति लिइ अघि प्रदान गरिएको तलबभत्ता रकमसम्म प्रदान गर्न सकिनेछ ।” थपिएको व्यवस्थामा उल्लेख गरिएको छ ।
सामान्यतया सिईओको तलब भक्ता निर्धारण गर्दा सेल्भेन्सी, समान किसिमको बीमा कम्पनीहरुको औषत तलब, भत्ता तथा अन्य सुविधा, व्यवस्थापन खर्च, दावी फछ्यौट, दावी परित्याग, परिपालको अवस्था, गुनासोमा न्युनिकरण, विगत तीन वर्षको अण्डरराइटिङ्ग मुनाफा, समग्र वित्तीय अवस्था र जीवन बीमाको हकमा बीमालेखको नबीकरण दर लाई मध्यजनर गरी तोकिएका मापदण्डको आधारणमा तलब निर्धारण गर्नुपर्दछ ।

जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको हकमा विगत तीन आर्थिक वर्षको औषत कर्मचारी खर्चको ६ प्रतिशतसम्म हुनु पर्नेछ । त्यस्तै जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको हकमा बीमकको विगत तीन आर्थिक वर्षहरुको अन्तको औषत कूल सम्पत्तीको क्रमश ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म हुनु पर्नेछ । यस आधारमा गणना गर्दा जुनबाट कम रकम आउछ सोहि अनुरुपको निश्चित वार्षिक तलब भत्ता प्रदान गर्नु पर्ने हुन्छ ।

यो व्यवस्थाको कारण कतिपय सिईओहरुले पुनःनियुक्ति तथा नयाँ नियुक्तिमा खाइपाइआएको भन्दा पनि कम हुन आएपछि समितिले यस्तो व्यवस्था थप गरेको हो ।
यसअघि रिलायन्स लाईफको सिईओ राकेश पोखरेल र रिलायन्स लाईफ छोडेर नेपाल लाईफ पुगेका प्रवीणरमण पराजुलीको नियुक्त सम्बन्धमा पनि यहि तलबको विषयमा केही विवदा उठेको थियो । एद्यपी पोखरेल र पराजुलीले दुवैले आफ्नो अडान नछोडेपछि समितिको स्विकृत लिएर माग अनुसार नै तलब दिईएको हो ।

 

वि.सं.२०७८ माघ २५ मंगलवार १५:५१ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...