back
NMB ad

थप तीन कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । दुई इन्स्योरेन्स कम्पनीसहित तीन कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

जसमध्ये प्रुडेन्सियल इन्स्योरेनस कम्पनीको माघ २४ गते बसेको संचालन समितिको बैठकले ७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस्तै, नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

त्यसैगरि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलका लागि लाभांश घाषणा गरेको छ ।

कम्पनीको माघ २५ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

वि.सं.२०७८ माघ २६ बुधवार १७:४९ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...