काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले प्रतिकित्ता ८ सय १९ रूपैयाँ २९ पैसा निर्धारण गरेको छ ।
कम्पनीको अघिल्लो दिन बिहीबार अन्तिम कारोबार मूल्य १ हजार एक सय ७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
वि.सं.२०७८ माघ २८ शुक्रवार १०:३१ मा प्रकाशित