back
NMB ad

गरिमा विकास बैंकको “स्वर्णिम निक्षेप योजना” सार्वजनिक

Kumari bank ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ “स्वर्णिम निक्षेप योजना” सार्वजनिक गरेको छ । न्यूनतम रु. १,००० मौज्दातमा सुरु गर्न सकिने “स्वर्णिम निक्षेप योजना” एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो ।

यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाईदा लिन सकिनेछ । साथै, यस निक्षेप योजना अन्र्तगत योजना अवधि भित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाईनेछ ।

यस बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५% ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ ।

हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।

वि.सं.२०७८ फागुन २ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...