back
NMB ad

इन्ट्रा डे को तिब्र उतारचढावकाबीच सामान्य बढेर बन्द भयो नेप्से, कारोबार रकममा भने गिरावट

Kumari bank ad

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज सेयर बजार सामान्य बढेर बन्द भएको छ । यो दिन बजार ०.०८ अंकले २७००.९८ बिन्दुमा बन्द भएको हो ।

इन्ट्रा डे कारोबारमा निकै उचारचढाव देखिए पनि कारोबार समयको अन्त्यतिर भने विस्तारै गति लिइ बजार बढेर बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक माथि २७२९.२९ बिन्दू र तल २६९४.३१ बिन्दूसम्म पुगेको हो ।

यो दिन १ सय ११ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ६९ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यो दिन १ सय ९१ कम्पनीका साथमा थप थप ३६ ऋणपत्र तथा फण्डहरुको गरि २२७ स्क्रिप्टको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर बिक्रि भएको छ ।

नेप्से सूचक हरियो देखिएपनि कारोबार रकम भने यो दिन घटेको छ । यो दिन मात्रै ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी अघिल्लो दिन सय अंकले घटेको बजारमा पनि करिब ६ अर्बको कारोबार भएको थियो ।

वि.सं.२०७८ फागुन २ सोमवार १५:२१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...