काठमाडौं । सुनको भाउ मंगलबार तोलामा १२०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १३२० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १२:३१ मा प्रकाशित