back
NMB ad

घट्यो स्वस्तिक लघुवित्तको नाफा : खुद ब्याज आम्दानी ८१.६३ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आवको ६ महिनाको अवधिमा कम्पनीले ३२ लाख ५२ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको पुस मसान्तसम्मको अवधिको तुलनामा ७.८४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ लाख २९ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ८१.६३ प्रतिशतले वृद्धि भई १ करोड १ लाख २८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यो आम्दानी गत वर्षको पुस मसान्तसम्ममा ५५ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा ३८ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीको यो मुनाफा गत वर्षको सोही अवधिमा भने २९ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ करोड २१ लाख ४३ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा ०.०६ प्रतिशत रहेको खराब कर्जा बढेर २.१२ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार ११:२२ मा प्रकाशित

You can share this post!

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...