back
NMB ad

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद आउँदै

Kumari bank ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

सो अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १ गते नै बुक क्लोज गरिसकेको छ । जसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा आवेदकले फागुन २२ गतेदेखि चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार ११:२१ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...