काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । सोमबार बजार २५.४१ अंकले वृद्धि भएको छ ।
उक्त दिन बजार परिसुचक २७१८.५१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूह हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन सबैभन्दा बढी नेपाल टेलिकमको सेयर कारोबार भएको छ । आज कम्पनीको २६ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
कारोबार रकमकै आधारमा दोस्रो स्थानामा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको पनि २६ करोड ३ लाख २३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, आज अरुण भ्याली हाइड्रोपावरको १० करोड १८ लाख २२ रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ फागुन ९ सोमवार १५:१२ मा प्रकाशित