back
NMB ad

तीन महिनामा ६० हजार २३८ थान ई–पासपोर्ट जारी

Kumari bank ad

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले पछिल्लो ३ महिना ८ दिनको अवधिमा कूल ६० हजार २३८ थान विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) जारी गरेको छ ।
विभागले गत मंसिर १ गतेदेखि फागुन ८ गतेसम्मको अवधिमा ती ई–पासपोर्ट जारी गरेको हो ।

‘हालसम्म हामीले ६० हजार २३८ थान ई–पासपोर्ट जारी गरिसकेका छौं,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘विभागबाट ४० हजार ८७९ थान, जिल्लाबाट १८ हजार ४३७ थान र विदेशस्थित नेपाली नियोगबाट ९२२ थान ई–पासपोर्ट जारी भएको छ ।’

विभागले मेसिनले पढ्ने पासपोर्ट (एमआरपी) बन्द गर्दै गत मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको हो । पहिलो ई–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

विभागले अहिले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ ।

नेपाल भित्र अहिले ४२ भन्दा बढी जिल्लाबाट ई–पासपोर्ट जारी गर्न सुरु गरिएको छ ।

झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछाप लगायतका जिल्लाबाट अहिले ई–पासपोर्ट जारी भइरहेको छ ।

साउदी अरब, मलेसिया र कतारमा रहेका नेपाली नियोगबाट पनि ई–पासपोर्ट जारी गर्ने कार्य सुरु भइसकेको छ ।

विदेशस्थित नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्न आवश्यक सामाग्री पठाइसकिएको छ । छिट्टै सबै नेपाली नियोगले ई–पासपोर्ट जारी गर्न सुरु गर्ने महानिर्देशक अर्यातलले बताए ।

हाल नेपालको ३० देशमा दूतावास, ३ स्थानमा स्थायी नियोग र ७ स्थानमा महाबाणिज्य दूतावास रहेका छन् ।

विभागले ई–पासपोर्ट जारी गर्न सबैभन्दा बढी प्राथमिकता खाडी राष्ट्रमा रहेका नेपाली नियोगलाई दिएको छ । ती राष्ट्रमा ठूलो संख्यामा नेपाली रहेका कारण प्राथमिकतामा राखिएको हो ।

अहिले विभागमा ई–पासपोर्टको लागि दैनिक ११ देखि १२ सयसम्मको आवेदन पर्ने गरेको छ । जिल्ला, नियोग र विभागमा गरी दैनिक दुई हजारसम्म आवेदन पर्ने गरेको छ ।

वि.सं.२०७८ फागुन ९ सोमवार १५:२९ मा प्रकाशित

You can share this post!

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो   

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:५८

काठमाडौँ, ११ जेठः प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित...

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ खनालद्वारा पदभार ग्रहण   

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ खनालद्वारा पदभार ग्रहण   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:४१

काठमाडौँ, ११ जेठ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख...

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव   

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:१४

प्रा डा राजीव झा    काठमाडौँ, ११ जेठ : मस्तिष्क यस्तो...