back
Mega Long Ad

राष्ट्र बैंकको नीतिको प्रभाव ,माघ महिनामा पौने १३ अर्बले घट्यो आयात

काठमाडौै । माघ महिनामा १२ अर्ब ८१ करोड २७ लाख ३८ हजारले आयात घटेको छ । नेपाल राष्ट्र बैंकले ४७ वटा बस्तुहरुको आयातमा कडाई गरेसँगै माघ महिनामा ति बस्तुहरुको आयातमा कमी आएका कारण कमी आएको हो ।

भन्सार विभागका अनुसार माघ महिनामा मात्र नेपालमा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको आयात भएको छ भने पुस महिनामा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

नेपाल राष्ट्र बैंकले दुई चरणमा विलासिताको बस्तुहरुको आयातमा ५० र शतप्रतिशतको नगद मार्जिनको व्यवस्था गरेपछि आयातमा केही कमी आएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको सात महिनामा व्यापारघाटा ३८.४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको ७ महिनामा व्यापारघाट ७ खर्ब ३३ अर्ब रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुँजीगत आयमा कमी आएको छ भने उपभोग्य बस्तुहरुको आयातमा बृद्धिभएको छ । चालु आर्थिक बर्षको ७ महिनामा देशभित्र ११ अर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको आयात भएको छ भने निर्यात १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

आयात र निर्यातमा भएको ठूलो खाँडलका कारण व्यापारघाटामा बृद्धि भएको हो । यसले देशको शोधनान्तर घाटामा थप चाप पर्ने देखिएको छ भने घट्दो विदेशी मुद्राको संचिति थप घट्ने देखिएको छ ।

 

 

वि.सं.२०७८ फागुन १० मंगलवार १४:०४ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

वि.सं.२०७९ असार १६ बिहीवार १६:१७

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका...

चालु आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

चालु आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

वि.सं.२०७९ असार १६ बिहीवार १४:४७

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी...

साउन १५ गते भित्र संघ/संस्थामा रहेको ऋण, रोक्का जग्गाको विवरण पठाउन विभागको निर्देशन

साउन १५ गते भित्र संघ/संस्थामा रहेको ऋण, रोक्का जग्गाको विवरण पठाउन विभागको निर्देशन

वि.सं.२०७९ असार १६ बिहीवार १३:३३

काठमाडौं । पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का...

लगानीकर्ता संगठनले दियो पूँजी बजार सुझाव समितिलाई १८ बुँदे सुझाव, के-के छन् ? (सूचीसहित)

लगानीकर्ता संगठनले दियो पूँजी बजार सुझाव समितिलाई १८ बुँदे सुझाव, के-के छन् ? (सूचीसहित)

वि.सं.२०७९ असार १५ बुधवार १८:२७

काठमाडौं । विभिन्न लगानीकर्ता संगठनले पुँजीबजार तथा वित्तीय क्षेत्रमा देखिएका...

नबिलले एनबी बैंकलाई गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

नबिलले एनबी बैंकलाई गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

वि.सं.२०७९ असार १५ बुधवार १७:५४

काठमाडौं । नबिल बैंकले नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभ्ने भएको...