काठमाडौं । बुधवार जीवन विकास लघुवित्त वित्तीय संस्थाको करिब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कम्पनीको ६ करोड ९९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । साताको चौंथो कारोबार दिन कम्पनीको १३ हजार ७६१ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य भने झिनो वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य शून्य दशमलव ०६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले बढेर आज ५ हजार ७५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ फागुन ११ बुधवार १६:०० मा प्रकाशित