back
NMB ad

बजारको माग अनुरुप सेवा प्रवाह गर्न सुझाव

राष्ट्रिय बीमा संस्थान ५५ वर्षमा प्रवेश

Kumari bank ad

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थान ५५ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले प्रतिष्पर्धी बीमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

बजारमा रहेको बीमा व्यवसायको मागलाई पूर्ति गर्न सक्नुपर्ने भन्दै बताउँदै उनले सरकारी स्वामित्वको संस्था भएको नाताले बजारको माग र समय सुहाउँदा नयाँ प्रडक्ट, आधुनिक प्रविधि र चुस्त व्यवस्थापनबाट कुशल र प्रतिष्पर्धी संस्था बनाउन सुझाव दिएका हुन् ।

वि.सं. २०२४ सालमा पुर्खाहरुले जुन सोचका साथ कम्पनी स्थापना गरेका थिए त्यो बेलाको सोचलाई निरन्तरता दिने अभिभारा संस्थानमा आएको भन्दै उनले चुनौतिकाबीच आफ्नो अस्तित्व देखाउन आग्रह गरे ।

सरकारी स्वामित्वको बीमा संस्थानले आधुनिक प्रविधिको प्रयोग र चुस्त व्यवस्थापनबाट सञ्चालित निजी क्षेत्रका बीमा कम्पनीहरुसँग आफुलाई थप कुशल र प्रतिष्पर्धी बनाउँदै जानुपर्ने चुनौति औंल्याउँदै उनले भने – ‘अन्तराष्ट्रिय प्रचलन र अभ्यास अनुरुप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधिकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा बृद्घि, आर्थिक अनुशासन, व्यवसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस ।’

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा भनेकै विश्वसनीयताको बजार भएको भन्दै संस्थानले आफ्नो विगतका कार्य प्रगतिको समिक्षा गर्दै नेपालको जीवन बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न सदैव प्रयत्नशील रहने तथा नेपाल सरकार, बीमा समिति, महालेखा परीक्षकको कार्यालय, लगानीकर्तालगायतका सरोकारवालाहरुको चासोका रुपमा रहेको लेखा परीक्षण, बीमाङ्कीय मूल्याङ्कन र वित्तीय विवरणलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरे ।

निर्जीवन बीमा व्यवसायबाट सेवा प्रारम्भ गरेको संस्थानले पछि जीवन एवं निर्जीवन दुबै बीमा व्यवसाय हुँदै हाल जीवन बीवन बीमा व्यवसाय मात्र सञ्चालन गरी आम नेपाली जनमानसमा बीमा व्यवसायलाई चिनाउन र स्थापित गराउन एवं तत्कालीन अवस्थामा बीमा क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन र विकासमा खेलेको भूमिका सराहनीय भएको उनले बताए ।

संस्थान सञ्चालक समितिका अध्यक्ष बसन्तराज पाण्डेले बीमाको क्षेत्रमा विश्वसनीन र भरपर्दो सेवा प्रदान गर्दै आएको संस्थान दक्ष जनशक्ति र आधुनिक प्रविधिको माध्यमबाट उच्च स्तरको सेवा प्रवाह गर्न प्रतिवद्घ रहेको बताए ।

उचित प्रतिफल र जोखिम व्यवस्थापनको माध्यमबाट छरिएर रहेको पूँजीका विकास तथा उक्त पूँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्दै संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास मार्फत देशको आर्थिक समृद्घि र गरिबी न्यूनीकरणमा संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

संस्थानका प्रशासक कवि पाठकले सरकारी स्वामित्वको संस्थानले जीवन बीमाको क्षेत्रमा क्रियाशील अन्य कम्पनीहरुसँग प्रतिष्पर्धा गदै आफ्नो पहिचानलाई मजबुत गराउँदै लगेको भन्दै नेपाली बीमा बजारमा आफ्नो हिस्सा बढाउँदै लैजाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने बताए ।

चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकहरुको जीवन बीमा कोषमा रहेको चार खर्ब ५२ अर्ब ७९ करोड मध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रुपियाँ रहेको जानकारी दिंदै उनले भने – “यस अवधिमा संकलित बीमा शुल्क ७० अर्ब ९१ करोड मध्ये संस्थानको छ अर्ब पाँच करोड रहेको छ । यसरी हेर्दा कुल बीमा कोष र बीमा शुल्क संकलनमा संस्थानको हिस्सा करिब ८.५ प्रतिशत रहेको छ । त्यसैगरी संस्थानमा हाल कायम रहेको कुल बीमा लेख संख्या छ लाख ३९ हजार रहेको छ ।”

कार्यक्रममा संस्थानमा बीमा शुल्कको आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदक सहित प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो । यसैगरी संस्थानमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।

देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले वि.सं. २०२४ साल पुस १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भएको संस्थानले सोही वर्षको फागुन ११ गतेबाट निर्जीवन बीमा तथा २०२९ साल फागुन ७ गतेबाट जीवन बीमाको कारोबार शुरु गरेको थियो ।

लामो समयसम्म जीवन बीमा र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएकोमा २०७१ सालमा निर्जीवन बीमाको कारोबार राष्ट्रिय बीमा कम्पनीलाई हस्तान्तरण गरी हाल संस्थानले जीवन बीमाको मात्र कार्य गर्दै आएको छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १६:२५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...