काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य १ लाख नजिक पुगेको छ । आज एकैदिन प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । अघिल्लो दिन १ हजार ३३५ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ४० रुपैयाँले वृद्धि भएको हो । योसंगै आज चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
वि.सं.२०७८ फागुन १८ बुधवार १०:४७ मा प्रकाशित