back
NMB ad

अझै साढे १२ लाख नोक्सानीमा तारागाउँ रिजेन्सी होटल्स, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

Kumari bank ad

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा १२ लाख ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

उक्त अवधिमा कम्पनीले नोक्सानी घटाएको हो । गत वर्षको पुस मसान्तसम्ममा ८ करोड ७५ लाख ८३ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटाएको हो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानी १०११.४९ प्रतिशतले बढेर २६ करोड ४७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा कम्नपीको यो आम्दानी २ करोड ३८ लाख २० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २४ करोड २१ लाख ५३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा ४ रुपैयाँ ६४ पैसा रहेको प्रतिसेयर आम्दानी यो वर्षको सोही अवधिमा भने भने ७ पैसा ऋणात्मक देखिएको छ ।

यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ७ रुपैयाँ १२ पैसाले घटेर ११६ रुपैयाँ १५ पैसा कायम भएको छ ।

वि.सं.२०७८ फागुन ३० सोमवार १४:२२ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...